अफगानिस्तानमा छात्रालाई स्कुल जानबाट रोक लगाइएको निर्णयप्रति अमेरिका असन्तुष्ट

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको प्रति अमेरिकाले असन्तुष्टि व्यक्त गरेको छ। छात्रालाई विद्यालय जानबाट रोक लगाउनु गलत भएको भन्दै अमेरिकाले तालिबानसँग  हुने भनिएका सबै बैठक रद्द गरेको बीबीसीले जनाएको छ। अमेरिकी विदेश सचिव एन्टाेनी ब्लिङ्कनले इस्लामिक शासनले छात्रालाई विद्यालय जानबाट वञ्चित गराएकोमा आलोचना गर्दै शिक्षा सबैको अधिकार भएको बताउनुभएको छ । तालिबान सरकारले छात्रालाई  विद्यालय जान रोक लगाएपछि स्कुल जाने  तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । अफगा...