घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान सफल : नेपाली काँग्रेस
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान सफल रहेको बताएको छ। एक महिने अभियान सकिएपछि मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा.प्रकाश शरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए।
जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।...
स्याङ्जा । नेपाली काग्रेस ‘जनतासँग नेपाली काँग्रेस’ अभियान भाद्र १० देखि २४ सम्म सञ्चालन हुने कार्यक्रमको स्याङ्जा पनि सुरु भएको छ । नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको हो। जिल्लाका ११ वटै स्थानिय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी अभियान संचालन […]
सर्लाहीको कौडेना गाउँपालिकाका नेपाली काँग्रेस फराकिलो अन्तरले विजयी भएको छ। कौडेना गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जित हासिल पारेको हो।...
पाँचथर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाडको बिषयमा अन्सन्तुष्ट बनेका आक्रोशित नेता–कार्यकर्ताले आफ्नै पार्टीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले जिल्लामा उम्मेद्वार टुङ्गो लगाइसक्दा पनि काँग्रेसले मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेद्वार टुङ्गो लगाउन नसकेको भन्दै नेतृत्वसँग असन्तुष्ट समूहले कार्यालयमा तालाबन्दी […]
The post नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.
जनकपुरधाम– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । जनकपुरधाममा आज पार्टीको धनुषाका नवनिर्वाचित जिल्ला पदाधिकारीहरूको प्रमाणपत्र वितरण समारोहमा नेता निधिले नेपाली काँग्रेस परनिर्भर नभई आत्मनिर्भर भएर आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । लोकतन्त्रमा हुने निर्वाचनमा दलहरूले एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । निधिले चुनावमा गठबन्धन गर्नुपर्ने पक्षमा […]
सिन्धुपाल्चोक- नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ । काँग्रेस अधिवेशन शनिबार मध्यान्ह १२ बजेबाट सरू भएको हो ।अधिवेशन सुरु भएसंगै आजै मतदान हुने नेपाली काँग्रेस सिन्धुपाल्चोक आयोजक कमिटीले जानकारी दिएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औँ जिल्ला अधिवेशन लागि हिजो पदाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका थिए । उम्मेदवारीको रुपमा सभापति पदको लागि […]
जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि आज हुने भनिएको दोश्रो चरणको चुनाव शुक्रबारका लागि सारिएको छ । पार्टीको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा चुनाव हुने जनाएका हुन् । यसअघि, आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो । नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला […]
नेपाली काँग्रेस जाजरकोटले जिल्ला सभापतिको टुङ्गो लगाइसकेको छ । यसअघि कर्णालीका १० जिल्लामध्ये कालिकोटमा मात्र जिल्ला सभापति सर्वसम्मत चयन गरिएको थियो भने जाजरकोटमा पनि सर्वसम्मत सभापति चयन गरिएको छ ।जाजरकोटमा वेदराज सिंह सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । यस्तै जिल्ला उपसभापति खड्क विसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएका