काठमाडौं उपत्यकामा २१ दिन यता १९ जनामा हैजा

काठमाडौं उपत्यकामा २१ दिनको अवधिमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १७ स्थानमा हैजा देखिएको हो ।१९ जना संक्रमितमध्ये चार वर्षका बालकदेखि ७४ वर्षका ज्येष्ठ नागरिकसम्म छन् । तीन जना बालबालिकामा हैजा संक्रमण पुष्टि भएको छ । उमेर समूहका आधारमा १५ देखि २४ वर्षसम्म दुई महिला र ५ जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको छ । यस्तै २५ देखि ३४  वर्षसम्मका दुई  महिला र दुई पुरुषमा पनि संक्रमण पुष्टि भइसकेको छ ।४५ देखि ५४ वर्षसम्मका एक महिला र दुई पुरुष हैजाबाट संक्रमित