कालीगण्डकी कोरिडोरअन्तर्गत स्याङ्जा–पर्वत खण्डमा दुईवटा मोटरेबल पुल निर्माण भएका छन् । योसँगै कोरिडोर निर्माणले तीव्रता पाएको छ । कोरिडोरभित्र पर्ने स्याङ्जा खण्डको १० किलोमिटरमा कालीगडण्डी गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने गरी आँधीखोलामा एउटा तथा गल्याङ नगरपालिका–५ र पर्वतको बिहादी जोड्ने गरी सेतीखोलामा अर्को पुल निर्माण गरिएको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।