धनुषा - धनुषाको मिथिला बिहारी नगरपालिका-४ कजरा रमौलका ५३ वर्षीय प्रभु यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कजरा रमौलका ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । बिहीवार राति दुई पक्षीय विवाद भएपछि प्रभु यादवको हत्या भएको थियो ।
बिहीवार राति स्थानीय सुरज यादवसहितकाे समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएकाे प्रभुका छोरा अशोकले बताउनुभयाे । घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेक...