भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले वनारसमा रहेको पशुपतिनाथ मन्दिरको दर्शन गरेको छ । काशी विश्वनाथ कोरिडोरले पशुपतिनाथमा क्षति पुर्याउँछ कि भन्ने चिन्ता भएको भए पनि त्यस्तो नपाइएको प्रतिनिधिमण्डल सदस्य कांग्रेस नेता उदयशमशेर राणाले जानकारी दिए ।
‘यूपीका मुख्यमन्त्रीले पनि कोरिडोरले पशुपतिनाथमा क्षति हुन नदिने प्रतिबद्धता हामीसँग जनाउनु भएको छ,’ उनले ट्वीटरमा लेखेका छन् ।
प्रतिनिधिमण्डलले शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।
...