काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीचको खेल राेमाञ्चक बराबरी ‘टाइ’ भएको छ ।
ललितपुरले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनाएपछि खेलमा बराबरीमा भएको हो । निकै राेमाञ्चक बनेकाे खेलमा इनिङ्सकाे अन्तिम बलमा शरद भेषवाकरले छक्का प्रहार गरेपछि खेलमा बराबरी भएकाे हाे ।
खराब प्रकाशका कारण सुपर ओभर नभएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । भैरहवाका लागि उपुल थारङ्गाले अव...