'यातायात सेवा नपाउनु पनि मानवअधिकार हनन्'

उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औँ शताब्दीमा पनि नेपालका केही जिल्लामा सडक सञ्जाल नजोडिएका कारण मानिस घण्टौंसम्म हिंड्न बाध्य हुनु मानवअधिकार हनन् भएको बताएका छन् । देश विकासको महत्वपूर्ण क्षेत्र यातायातमा भएको उपलब्धी गौरव गर्न लायक भए पनि सन्तोषजनक नभएकाले सरकारले बिशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।