त्यो निलो हाफ पाइन्ट अनि हात्तीछाप चप्पल

हाफ पाइन्ट र सर्ट नलगाइकनै धेरैपल्ट सुम्सुम्याउँथेँ। पोलिस्टर हाफ पाइन्टको गाढा धर्साहरूतिर आँखा पुग्दा ती सबैले मपट्टि नै फर्किएर हासिरहे झैं लाग्थ्यो। मनले भन्थ्यो– आहा, कति राम्रो लुगा!