विद्यालयले हडपेको लिच्छविकालीन सप्तपातल पोखरीले वर्षौंपछि नयाँ जीवन पाउने भएको छ । ललितपुर महानगरपालिकाले लखनखेलस्थित उक्त पोखरीको पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो । यसअघि सर्वोच्च अदालतले नमुना मच्छिन्द्र स्कुलको नामको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको थियो ।