एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन् । जटिल रोगका बिरामीलाई दिइने पाँच हजार भत्ताले औषधि किन्न पनि नपुग्ने भन्दै उनले आफू सिकलसेल एनिमियाको रोगी रहेको दैनिक एक हजार रुपैयाँको औषधि ख