मुलुकमै उत्पादन हुने बस्तु आयात महसुल वृद्धि, निर्यातमा छुट

सरकारले मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता बस्तु आयातमा लाग्ने महसुल वृद्धि गरी ती वस्तु विदेश निर्यातमा लाग्ने भन्सारमा छुट दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक विनियोजन विधेयक (बजेट) प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो …