सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी पहाडको टुप्पोमा समथर ठाउँ छ । त्यही समथर ठाउँमा अवस्थित छ रेक्चा गाउँ । वरिपरि हरियाली । तराईमा फल्ने आँपदेखि हिमालमा फल्ने स्याउ अनि पहाडमा फल्ने सुन्तला आगनमा रोपिएका छन् । पूर्वतिर फर्किंदा देखिने भेरी, कर्णाली नदीका साथै चौकुने र कैलालीको समथर भूभाग अनि पश्चिमतिर कर्णाली नदी एवं अछाम जिल्लाका […]