उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनी

उपत्यका प्रहरी कार्यालय प्रमुखमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिवेश लोहनीलाई सरुवा गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने गरी गृह मन्त्रालयले बुधवार उनलाई काज सरुवा गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।२०७९ कार्तिक २४ मा रवीन्द्र बहादुर धानुकले अवकाश पाएसँगै उपत्यका प्रहरी कार्यालयमा एआईजीको पद रिक्त छ । एआईजी लोहनी प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएक