६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका  नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटकाे तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ । माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परे