जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिला गाउँपालिका-३ कुडारीमा अटो दुर्घटना भएको हो । मृत्यु हुनेमा अटो चालक तातोपानी गाउँपालिका-१ बाइराकाका २९ वर्षीय पुरन सार्की र तिला-३ कै २० वर्षीया आकाश थापा रहेका छन् । थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।