राजस्व चुहावट आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ । विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय पथलैयाले अभियुक्तहरू विरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको हो । कलैया–७ बारास्थित अभि ट्रेडर्सका सवारी चालक विशाल राईले प्लाष्टिकको दाना बोकेको ट्रकमा ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौंतर्फ ओसारपसार गर्ने क्रममा प्रहरीले बरामद गरेको विभागले जानकारी दिएको छ ।विभागका अनुसार राईसहित सिन्धुली भीमस्थान–४ का ४