नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछिको राजनीतिक परिस्थितिको समीक्षा र महाभियोगबारे पार्टीको धारणा तय गर्न सचिवालय बैठक बसिरहेको हो ।
एमालेले सोमवार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकमा गरिने छलफलको एजेण्डाका बारेमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।