गणपति ज्वेलरी ‘विवाह उत्सव’ योजना, १० लाखको गहना किन्ने जोडीलाई पाँच तारे होटलमा बास

गणपति ज्वेलर्सले नवविवाहित जोडीलाई डिनर र ब्रेकफास्टसहित एकरात पाँच तारे होटलमा बासको व्यवस्था गर्ने भएको छ । ज्वेलर्सले ‘विवाह उत्सव’ ल्याउँदै १० लाखभन्दा बढीको गहना किन्ने जोडीलाई यस्तो योजना ल्याएको हो ।ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले ‘विवाह उत्सव’ योजना मंसिरदेखि दुई महिना चल्ने जानकारी दिए । उनले यो वर्ष विवाह गर्ने नवविवाहित जोडीलाई लक्षित गर्दै यस्तो योजना ल्याएको बताए । यो योजनाले नव विवाहित जोडीलाई जीवनभर मिठो सम्झना दिने उनको भनाई छ ।न्युरोडको विशाल बजारमा