मुम्बई(एबीपी लाइभ)– भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् । ‘१७ जनवरीमा हृदयघात भएपछि उनलाई मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखियो । उपचारपछि गत शनिबार उनी कोरोना मुक्त भएका थिए […]