सेक्सका बेला गरिने ‘स्टेल्थिङ’ के हो ? कतिपय देशमा यसलाई किन बलात्कार मानिन्छ ?

अमेरिकाको क्यालिफोर्निया राज्यको विधानसभाले स्टेल्थिङ (अर्थात् सेक्सका बेला आफ्ना साथीलाई जानकारी नदिई वा सहमति बिना कण्डम हटाउनु) माथि प्रतिबन्ध लगाइदिएको छ । डेमोक्रेट सदस्य क्रिस्टिना गार्सिया पछिल्लो चार वर्षदेखि यो कानूका लागि प्रयास गरिरहेकी थिइन् । विधानसभामा यो विधेयक पेश गर्ने गार्सियाले भनिन्, ‘अब क्यालिफोर्नियामा यस्तो गर्नु अपराध हो भनेर स्पष्ट भइसकेको छ ।’गार्सियाले भनिन्, ‘यस्तो खालको यो देशको पहिलो कानून हो । म अन्य राज्यलाई पनि क्यालिफोर्नियाको बाटोमा

सम्बन्धित सामग्री

पशुबलि रोक्न माग गर्दै प्रदर्शन (तस्बिहरु)

दाङ– दसैंलगायतका चाडपर्वमा हुने पशुबलि रोक्न दबाब दिने उद्देश्यले लमहीमा प्रदर्शन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले लमहीमा प्रदर्शन गरेका हुन्। पूर्ण ब्रह्म कवीर उपासक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो। समाजका संयोजक हिरालाल चैधरीले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाब स्वरूप […]

बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै जननायक बीपी कोइरालाले देखेको सपना पूरा गर्न सक्ने बताएका छन् । बीपीको १०८औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै नेता सिंहले कोइरालाले देश र जनताका लागि पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् । कांग्रेसको महाधिवेशन समयमा नै पूरा गर्नु पर्ने चुनौती रहेको […]

बाढीले बल्खुको तरकारी बजारमा भागाभाग, कम्तीमा २ करोडको क्षति (फोटो फिचर)

काठमाडौँ– कोही साबेलले हिलो माटो उठाएर फालिरहेका थिए । कोही ठेलामा डोरी लगाएर मिलीजुली माटो र बालुवाको लेदो उठाउँदै फाल्नमा व्यस्त थिए । यस्तो दृश्य हो सोमबार बिहान बल्खुस्थित फलफूल तथा तरकारी बजारको । बल्खुको तरकारी बजारमा पूर्वाह्न दुई बजे नै चहलपहल शुरू हुन्छ । सोमबार बिहान व्यवसायीहरू तरकारी मिलाइरहेका थिए । अचानक बाग्मती उर्लिएर […]

उद्धार निर्देशिका बल्ल कार्यान्वयनमा

कोभिड–१९ संक्रमणका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता ल्याउनका लागि गत वर्ष ल्याएको निर्देशिका बल्ल कार्यान्वयनमा आएको छ । पहिलो लहरको कोभिड संकटलाई लक्षित गरी ल्याइएको निर्देशिका दोस्रो लहरपछि मात्र कार्यान्वयनमा आएको हो ।गत वर्ष साउन ५ गते सरकारबाट स्वीकृत भएको ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीको क्रममा […]

दाङमा १३ वर्षीय बालकद्वारा ११ वर्षीया बालिका बलात्कृत

दाङ – दाङमा ११ वर्षकी बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जङ्गल हुँदै नजिकैको गाउँमा जाँदै गर्दा बेलुकी ६ बजेतिर बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ । प्रहरीले बलात्कारको आरोपमा १२ र १३ वर्षका किशोरलाई पक्राउ गरेको छ । माछा मारेर फर्कदै गरेका किशोरहरुले बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि १३ वर्षको किशोरले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको प्रहरीको भनाइ छ । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

किशोरीको अकाउन्टमा ‘काकाबाट बलात्कृत’ भएको सन्देश राख्ने फेसबुकका साथी

काठमाडौं । काठमाडौंको साँखु घर भएकी १८ बर्षीया किशोरीको फेसबुक अकाउन्टबाट फागुन १३ मा  ‘एका घरका पुरुषबाट आफु बलात्कृत भएको’ सन्देश पोष्ट भयो । सन्देशमा आफनै काकाले बलात्कार गरेको र सो घटना बाहिर नलान दबाब दिइएको भन्दै सहयोगको याचना गरिएको थियो । तर, सो सन्देश छोरीले नराखेको किशोरीका बाबुले बताएका छन् । किशोरीका बाबुले रातोपाटीसँग सो सन्देशले परिवार नै स्तब्ध भएको जानकारी दिँदै भने, ‘अर्कैले छोरीको नामको आइडीबाट पोष्ट गरिदिएको रहेछ ।’ सो सन्देश हटाउन र

बलात्कारविरुद्ध सडक नाटकः युवाको प्रदर्शन, 'न्याय हराएको मेरो देश'

हेटौँडाः देशका विभिन्न स्थानमा भइरहेका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रर्दशन भएको छ। युवाको सहभागितामा हेटौँडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदबाब नामक अभियानले विरोध प्रर्दशन गरेको हो। अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानुन कार्यान्वयनको कमजोर अवस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घटना बढिरहेको…

भागरथी बलात्कार-हत्याका दोषी पक्रन माग गर्दै बानेश्वरमा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसका कार्यकर्ताहरूले बैतडीकी किशोरी बलात्कार-हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन्।

एक निर्दयी बाबु : बलात्कारपछि हत्याको प्रयास, मरेको ठान्दै फरार

काठमाडौं : बलत्कारपछि हत्याको प्रयास अभियोगमा हिरासतमा रहेका ४० वर्षीय भोला यादवले साविति बयान दिएका छन्। बलात्कारपछि छोरीको हत्या गर्ने उद्देश्यले प्रहार गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ। माघ १३ गते राति करिब साढे १० बजेतिर बौद्धको जम्बु डाँडामा बस्दै आएका यादवले (झड्केली) छोरीको बलात्कारपछि हत्याको प्रयास गरेका थिए। धनुषाको कमला नगरपालिका वडा…

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तका बलात्कारी खोई ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ परेका छन् । धनगढीस्थित खुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभाबाट युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सभाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले ६ जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।  दुई वर्ष अघि २०७५ साउन ११ गते महेन्द्रनगरको निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ। उनीहरुले निर्मलाको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । हामीलाई गालीगलौज गर्ने फुर्सद छैनः प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाललाई आफूहरुलाई गालीगलौज गर्ने फुर्सद नभएको दाबी गर्नुभयो । देश बनाउने सरकारको प्राथमिकता भएको उल्लेख गर्दै ओलीले गालीगलौज गर्न फुर्सद नभएको ओलीको भनाई थियो । प्रचण्ड–माधवकुमार नेपालसँग मुखमुखै लाग्न, दन्तबझान गर्ने फुर्सद नभएको ओलीको भनाई थियो । ‘बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन । देश बनाउनु छ’ ओलीले भन्नुभयो ।