गोकर्णेश्वरले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने, रायसुझाव माग

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। नगरपालिकाले २०७६ सालबाट अध्यापन गराउँदै आएको पाठ्यक्रम (मेरो गोकर्णेश्वर/हाम्रो गाेकर्णेश्वर) परिमार्जन गर्न लागेको जनाएको हो।नगरपालिकाकाे शिक्षा,युवा तथा खेलकुद शाखाले साेमबार एक सूचना जारी गरी यसका लागि आगामी मंसिर १० गतेभित्र शाखामा रायसुझाव पठाउन शिक्षाविद्,जनप्रतिनिधिलगायत सरोकारवाला निकायलाई माग गरेको छ।नगरपालिकाका अनुसार ०८० को नयाँ शैक्षिक सत्रबाट परिमार्जित स्थानीय पाठ्यक्रम लागू गरिनेछ। 

सम्बन्धित सामग्री

दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनको प्रक्रिया थालेको छ । अघिल्लो स्थानीय तहले २०७८ सालबाट लागू गरेको स्थानीय विषय पाठ्यक्रम अपूरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न प्रक्रिया बढाइएको हो ।