प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

अस्थायी राजधानीसँगै बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा कायम गर्नमा सहयोग पुगोस भनेर धनगढीमा प्रदेश स्तरीय कुकुर शाखा संचालन गरिएको छ। कुकुर शाखामा तालिम प्राप्त ४ कुकुर राखिएका छन्। लगत्तै २ कुुकर थपिने छन्।