३१ महिनामा पूरा हुने डीपीआर ६ वर्षमा पनि निर्माण भएन

जाजरकोट । एकतीस महिनाभित्र डीपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डीपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्यूएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो...