शिक्षाविद् भन्छन् : शब्दको अर्थ बुझ्ने विज्ञ नराख्दा त्रुटि

काठमाडौं : पाठ्यक्रममा एउटा धर्मको पक्ष लिएको भन्दै पछिल्लो समय विवाद निस्किएको छ। आधारभूत तहको विभिन्न विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई अक्षरको परिचयमा ‘ईसान ईसालाई सम्झेर प्रार्थना गर्छ’ लगायत विषयवस्तु राखेर इसाई धर्मको प्रचार गरेको भन्दै चर्को आलोचना भएको छ।यो विषय संसद्‌मा समेत उठेको छ। एमाले सांसद भीम रावलले गत बिहीबारको प्रतिनिधिसभा बैठकमा जबरजस्ती धर्म परिवर्तन गराउने काममा सरकारको लागेको आरोप लगाए।उनले भनेका थिए, ‘ई भनेको ईसा र ईसाले हाम्