काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशका प्रतिनिधिसभातर्फ ३८ र प्रदेशसभातर्फ ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको हो । यस पटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र छपाइ गरिएको छ । […]