नवनिर्वाचित सांसदको शपथ अघि सर्वदलीय बैठक सुरु

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ । सङ्घीय संसद्को शंकर हलमा बैठक सुरु भएको हो । शपथ ग्रहण समारोहलाई व्यवस्थित बनाउन भन्दै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले  सर्वदलीय बैठक बोलाउनु भएको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउँदै हुनुहुन्छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सांसदले पद तथा गोपनीयताको शपथ लिनेछन्  ।   प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाच...