स्थानीय तह निर्वाचनमा नुवाकोटका ३ स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल भएको छ । काँग्रेस जिल्ला सभापति रमेश कुमार महत र नेकपा माओवादी केन्द्रका नुवाकोट संयोजक पुष्प लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार बेलकोटगढीको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।यस्तै विदूर नगरपालिकामा काँग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवारी दिने सहमति हुँदा तारकेश्वर गाउँपालिकामा काँग्रेसले अध्यक्ष तथा माओवादी केन्द्रले उपाध्यक्ष उठाउने सहमति