भारतीय सुरक्षा एजेन्सीले मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी अबु बक्रलाई २९ वर्षपछि पक्राउ गरेको छ ।
सन् १९९३ मा भएको विस्फोटमा संलग्न रहेको आरोप लागे पछि अबु फरार रहेका थिए ।
भारतीय सुरक्षा एजेन्सीले अबुलाई यूएईबाट पक्राउ गरेको छ । अबुविरुद्ध सन् १९९७ मा रेड कर्नर नोटिस जारी गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका अबुलाई यूएईबाट भारत ल्याइँदैछ । उनको पूरा नाम अबु बक्र अब्दुल गफूर शेख हो ।