घरमै भेटियो ५ मिटर लामो अजिङ्गर

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा अजिंगर भेटिएको छ।डिकुवाको छोम्पाङस्थित एक स्थानीयको घरमा खाटमुनि (खाटको खुट्टामा) बेरिएको अवस्थामा फेला परेको सोही ठाउँका स्थानीय रमेश राईले जानकारी दिए।राईका अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टामा बेरिइरहेको अवस्थामा अजिङ्गर भेटिएको थियो। मानिसले देखेपछि केही समयसम्म पनि अजिङ्गर कतै नगएपछि स्थानीयले पूजा गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छाेडिदिएको राईले बताए।अजिंगर करिब ५ मिटर लामो रहेको उनकाे भनाई&nbs

सम्बन्धित सामग्री

खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर

झापा– घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो देखापरेको सो सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीले नियन्त्रणमा लिएर […]

खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर

झापा, ३ पुस । घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो देखापरेको सो सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए । […]

गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो

गोरखा – गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो । फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले […]

गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो

गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ।...

गोरखाको भुम्लिचोकमा अजङ्गको अजिङ्गर

गोरखा : गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ । करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए।गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका  फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुल नजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उनले जानकारी दिए।“तीनवटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो”, वनअ

लामिटारमा भेटिएको अजिङ्गर निकुञ्जमा छाडियो

मकवानपुर – मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ । अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । “अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ”, स्थानीय श्यामबहादुर राईले भने । लामिटारका लक्ष्मण […]

उदयपुरमा साँच्चिकै ‘दुर्लभ’ अजिङ्गर भेटिएको कि पत्रकारलाई ‘दुर्लभ’ लागेको?

नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइनमा आइतबार राति एउटा समाचार आएको रहेछ। शीर्षक थियो- ‘उदयपुरमा भेटियो दुर्लभ अजिंगर : आठ किलोको बोका सिंगै निल्यो’  समाचार पढ्ने बित्तिकै दिमागमा के आयो ? यो साँच्चिकै दुर्लभ अजिङ्गर हो कि समाचार लेख्ने पत्रकारलाई दुर्लभ लागेको ? आठ किलोको बोका खाएकोले मात्र यो दुर्लभ भएको हो कि? खाएको बोका आठ… Continue reading

अजिङ्गर जिउदै बाख्रा खायो

उदयपुर, २७ असार ।  चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा  अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । अजिङ्गरलाई कोशी टप्पु आरक्षमा […]

सात फिट लामो अजिङ्गर उद्धार गरी सुरक्षित ठाउँमा छाडियो

बेलौरी नगरपालिका–६ भुराकोट दशगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले सात फिट लामो अजिङ्गर उद्धार गरेर सुरक्षित ठाउँमा छोडिएको छ।...

विद्यालयमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।  विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए ।