काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा इंग्लिस लिग लिडर म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।लिसबनको मैदानमा भएको खेलमा सिटीले रियाद महारेजको गोलमार्फत ७ औ मिनेटमानै खेलमा अग्रता लिएको थियो। बर्नान्डो सिल्भाले १७ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाउँदा फिल फोडेनले ३२ औ मिनेटमा सिटीलाई ३-० को अवस्थामा पुर्याएका थिए। पहिलो हाफमानै ४ गोलको अवस्थामा पुर्याउने क्रममा सिल्भालेनै ४४ औ मिने