च्याउको तरकारी खाएर बाबु-छोरा बिरामी परे, झारफुक गर्दा ज्यान गयो

१० साउन, इलाम । इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए […]