जीतपुर सिमरा उपमहानगर प्रमुखमा माओवादी केन्द्रबाट पौडेलको नाम सिफारिस

जीतपुर सिमरा उपमहानगर प्रमुखमा माओवादी केन्द्रको तर्फबाट राजन पौडेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रको नगर कमिटी बैठकले बुधबार पौडेलको नाम सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको हो । माओवादी केन्द्रका जीतपुर सिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको नाम पठाएको जानकारी दिए । ‘नगरकमिटी बैठकमा सबैको सहमतिमा राजन पौडेलको एक्लो नाम सिफारिस गरेर जिल्ला र प्रदेश इन्चार्जलाई पठाइसकेका छौं,’ उनले भने ।उपमहानगरको प्रमुखका लागि माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य जयराम द

सम्बन्धित सामग्री

निर्वाचन कार्यालय तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्ता प्रहरी नियन्त्रणमा

जीतपुर सिमरा उपमहानगर वडा नम्बर ७ का वडाध्यक्ष सुनील गुप्ताललाई ईलाका प्रहरी कार्यालय सिमराले आइतबार नियन्त्रणमा लिएको छ।...

सिमरामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा

जीतपुर सिमरा उपमहानगर,२ सिमरामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ  । सिमराका ब्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको करिव १८ करोड लगानीमा निमार्ण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो । संचालनमा आएको केएसआर सिनेमा हल सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर सुरु गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमाहल

पूर्वमन्त्री श्रेष्ठद्वारा आँखा अस्पताल शिलान्यास

त्रिपुरेश्वर आँखा अस्पतालको शाखा कार्यालय नेपाल आँखा अस्पतालको भवन जीतपुर सिमरा उपमहानगर ४, स्थित औराहामा आज शिलान्यास गरिएको छ । करिब ६ करोड अनुमानित लागतमा निमार्ण हुने आँखा अस्पतालको आज पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले उद्घाटन गरेका हुन् ।त्रिपुरेश्वर आँखा अस्पतालका कार्यकारी अध्यक्ष दमनबहादुर घलेले तराई, मध्यपहाडी र हिमाली क्षेत्रमा त्रिपुरेश्वर आँखा अस्पताल काठमाडौको शाखा कार्यालयहरु खोल्ने योजना अन्तर्गत बाराको जीतपुर सिमरा,४ स्थित औराहाबाट शुरु गरिएको बताए । औराहा स्थित आँखा

उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा

बारा । बालुवा र क्रसर उद्योग सञ्चालन हुन थालेपछि बाराको जीतपुर सिमरा उपमहानगर–१२ बस्ने हरिन्द्र चौधरीको खेत छेउको सार्वजनिक कुलो त मासियो नै पानीको मुहानसमेत सुकेको छ । खेत छेउमै रहेको क्रसर र बालुवा उद्योगबाट बगेर आउने धमिलो पानी, क्रंकिटयुक्त बलौटे माटो र मसिना ढुंगाले खेती गर्न समस्या हुनुका साथै उब्जनीसमेत घट्दै गएको चौधरीको गुनासो छ ।‘वडाध्यक्षले खेतको बीचमा क्रसर र बालुवा उद्योग चलाउन कसरी अनुमति दिए भन्ने हामीलाई थाहा छैन तर, अहिले हामीलाई खेती गर्नै समस्या भएको छ,’ उनले

नाममात्रैका स्वास्थ्य चौकी : न स्वास्थ्यकर्मी न त औषधि

जीतपुर सिमरा उपमहानगर– १६ की सीता श्रेष्ठ सामान्य बिरामी हुँदा पनि उपचारका लागि वीरगञ्ज, हेटौंडा र भरतपुर पुग्ने गर्दछिन् । उनी आर्थिक रुपमा सम्पन्न भएर उपचारका लागि हेटौंडा, वीरगञ्ज पुगेकी भने होइनन् ।गाउँमा भएको स्वास्थ्य चौकीमा औषधि, उपचार र स्वास्थ्यकर्मी नभएपछि बाध्य भएर अन्यत्र जानु परेको उनी बताउँछिन् । ‘गाउँमा स्वास्थ्य चौकी त छ तर औषधि उपचारको व्यवस्था र स्वास्थ्यकर्मी छैनन्,’ उनले भनिन्, ‘हामी उपचारका लागि वीरगञ्ज, हेटौंडा र भरतपुर जानुपर्छ, गाउँमा अस्पताल छ भन्

वडाध्यक्षद्वारा बाराको पसाहा र बालगंगा खोलामा उत्खनन बन्द गर्न निर्देशन

मापदण्ड विपरीत नदीजन्य पदार्थ (गिटी, ढुङ्गा, बालुवा) उत्खनन गरेको भन्दै जीतपुर सिमरा उपमहानगर १६ का वडाध्यक्षले बाराको पसाहा र बालगंगा खोला उत्खनन बन्द गरेका छन् । बुधवार बिहान स्थानीय पिलुवा युवा क्लबका युवाहरू सहित खोला अनुगमनमा पुगेका वडाध्यक्ष हरिदेव खरेलले मापदण्ड विपरीत गिटी, ढुङ्गा, बालुवा निकालेको भन्दै उपमहानगर अन्तर्गत रहेका पसाहा र बालगंगा खोला बन्द गराएका हुन् ।वडाध्यक्ष खरेलले स्थानीय प्रहरी,प्रशासन, जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक कर्मचारीलाई पटक पटक जानकारी गराउँदा

मैले चुनावलाई चुनौतीको रुपमै लिएको छैन : राजन पौडेल

जीतपुर सिमरा उपमहानगर पालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र एमालेबाट सरस्वती देवी चौधरी उम्मेदवार छन् । पौडेल यसअघि मेयरमा पराजित भएका थिए भने चौधरी निवर्तमान उपमेयर हुन् ।उम्मेदवारहरू स्थानीय तहको आसन्न निर्वाचनका लागि मत माग्न जनताको घरदैलो पुगिरहेका छन् । सत्तारुढ गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका पौडेल पनि चुनावी अभियानमा होमिएका छन् ।उनी २०७४ सालको निर्वाचनमा एमालेले जितेको यो उपमहानगरमा जनप्रतिनिधिले राम्रो काम गर्न नसकेका कारण नै मतदाताले स्वाभावि

जीतपुर सिमरा उपमहानगरमा एमालेलाई कति सहज ?

नेकपा एमालेले जीतपुर सिमरा उपमहानगर प्रमुखमा दर्जन आकाङ्क्षीमध्येबाट पुनः पुरानै अनुहार दोहोर्‍याएपछि एमालेकै कतिपय कार्यकर्ता निराश बनेका छन् । २०७४ को निर्वाचनमा जीतपुर सिमरा उपमहानगरको प्रमुख/उपप्रमुख दुवै जितेको एमालेले ५ वर्षको अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कन र सत्तारुढ गठबन्धनसँगको प्रतिस्पर्धाका कारण वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन भारी पर्ने देखिएको छ ।सो महानगरपालिकामा प्रमुख पदका लागि एमालेका करिब एक दर्जन आकाङ्क्षी थिए । अन्तिममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक

जीतपुर सिमरा उपमहानगर प्रमुखमा ठुला दलसहित १२ जनाको उम्मेदवारी

जीतपुर सिमरा उपमहानगर प्रमुखमा गठबन्धनसहित ठुला–साना दलबाट १२ जनाले उम्मेदवारी दिएका छन् । सोमबार राति करिव ९ बजेसम्मको तथ्याङ्क अनुसार उपमहानगर प्रमुखमा १२, उपप्रमुखमा १२ सहित १८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत टिकामणि न्यौपानेले जनाए ।उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेपाली काँग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।त्यस्तै, नेकपा एमालेको तर्फबाट प्रमुखमा सरस्वती चौधरी र उपप्रमुखमा भोला अधिकारीले उम्मेदवा

जीतपुर सिमरा उपमहानगर : मिलेमतोमा ठेकदारको बैंक धरौटी फुकुवा

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थको ठेक्का वापतको राजस्व ठेकेदारले बुझाउनुअघि नै उसको बैंक धरौटी फुकुवा गरिदिएको छ।विनोद निर्माण सेवाले चैत मसान्तभित्र बुझाउनुपर्ने तेस्रो किस्ता वापतको ३ करोड १२ लाख रूपैयाँ राजस्व उपमहानगरलाई बुझाउनुभन्दा पहिले नै उसको बैंक ग्यारेन्टी फुकुवा गरिदिएको हो।उपमहानगरले एनसिसी बैंक कलैयाको बैंक ग्यारेन्टी जेठ ४ गते फुकुवा भएको राजस्व शाखाले जनाएको छ।जीतपुरसिमरा उपमहानगरले भ्याटबाहेक गत आवमा १२ करोड ७६ लाख ७७ हजार ९ सय ९१ रूपै