भारत–विराटनगर कार्गो रेल सेवा बिहीबारदेखि सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको रेल विराटनगर आइपुगेको हो । नयाँदिल्लीस्थित प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवा औपचारिक रूपमा सुरु गरेका हुन् ।