धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला

काठमाडौं : धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका-३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए। शवलाई महानगरीय…