गुम्दामा आलु मेला हुँदै

उत्तरी गोरखाको धार्चे गाउँपालिका –५ गुम्दामा आलु मेला २०८१ हुने भएको छ । मङ्गलबार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै आलुको पकेट क्षेत्रमा आउँदो भदौ १ गतेदेखि आलु मेला सञ्चालनमा आउने आलु मेला संयोजक मिनबहादुर सुनारले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

गोरखाको गुम्दामा आलु मेला, प्रतियोगिताका विजेतालाई आलु नै पुरस्कार

आलु खेतीमा ख्याति कमाएको गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा आलु मेला गरिएको छ । आलु खेती र बजार प्रवर्द्धनका लागि गत शनिबारदेखि आयोजित मेलामा आलु खाने प्रतियोगिता, महिला-पुरुष भलिबलसँगै सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कारमा नगदसँगै आलु दिइएको छ ।

उत्तरी गोरखाको गुम्दामा आलु मेला सुरु

३ भदौ, गोरखा । आलुको पकेट क्षेत्र मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा आलु मेला सुरु भएको छ । एकता युवा क्लवको आयोजनामा शनिबारदेखि मेला सुरु भएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेका छन् । उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले केही वर्षदेखि मेला आयोजना गर्दै आएको […]

आँबुखैरेनीमा आलु मेला

तनहुँ, २६ फागुन । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो । आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला फागुन २६ र २७ गते सञ्चालन हुने व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी […]