पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

काठमाडौं । पवन प्रकृति विद्यालयले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी जितेको छ । नगरभित्र रहेका बत्तीस विद्यालयका १ हजार ४५० विद्यार्थी सहभागी प्रतियोगिता मङ्सिर २४ गते शरू भई  तीन दिन सम्म चलेको थियो ।  प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए । विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मा.वि. र सिद्धिमङ्गल मा.वि. क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे । विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय साम्सद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए उक्त अवसरमा पवन प्रकृति विद्यालयका  प्रिन्सिपल  उत्तर कुमार राईले शैक्षिक सफलताका साथसाथै  अतिरिक्त क्रियाकलापमा पनि  विद्यालय उत्कृष्ट साबित गराउन र सफल बनाउन महत्वपूर्ण योगदान  गर्ने  विध्यार्थी, शिक्षक, अभिभावक  एवं प्रतियोगिता आयोजक कमिटिलाई  धन्यवाद  व्यक्त गरेका थिए।