बलि दिन भारत पुर्याइएकी बालिकाको उद्धार, छ जना पक्राउ
साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।
टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिका मध्ये एक बालिकाको उद्धार गरिएको छ। शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धार गरिएको हो। बेपत्ता बालिकाको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं, ४ असार । विराटनगरबाट अपहरित बालिकाको प्रहरीले उद्धार गरेको छ। रोडरोष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट मंगलबार उद्धार गरेको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालयको क्षेत्रिय अपराध अनुसन्धान समुह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले बालिकाको उद्धार गरेको हो । प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न २ बजे पत्रकार […]
मोरङ – भारतको जोगबनीतर्फ लैजाँदै गरेको अवस्थमा विराटनगरको रानी क्षेत्रबाट १३ वर्षीया बालिकाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार झापा विर्तामोड घर भएकी १३ वर्षीया बालिका घर नजिकैको नाट्यशालामा जाने क्रमबाट बेपत्ता भएकी थिइन्। बिर्तामोड–४ की बालिकाले शनिबार परिवारलाई घरबाट नृत्य सिक्न निस्केको जनाउँदै बेपत्ता भएकी थिइन्। […]
नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर– १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ । झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो ।नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरी प्रमु
काठमाडौँ । धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि […]