कोरोनाका बीच जीवित देवीको रथयात्रा

कोरोना महामारीका कारण गत वर्ष इन्द्रजात्रामा कुमारी रथयात्रा रोकिएको भए तापनि यो वर्ष कोरोना महामारीकै बीचमा सतर्कतापूर्वक स्वास्थ्य मापदण्ड अपनाएर कुमारी रथयात्रा गरिने भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष स्वास्थ्य मापदण्ड अपनाएर कुमारी रथयात्रा गरिने भन्दै रथयात्राको क्रममा सडकमा ननिस्किकनै घरैबाट कुमारी देवीको दर्शन गर्न सबैलाई आग्रह गरेको छ। करिब साढे २ सय वर्षअघि […]

सम्बन्धित सामग्री

वसन्तपुरमा सद्गुरु, तस्बिरमा हेर्नहाेस्

भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका थिए । कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका थिए । केही दिनअघि  नेपाल पर्यटन बोर्डसँगको छलफलमा सद्गुरुले नेपाल एसियाको स्वीज

आज आमाको मुख हेर्ने पर्व मनाइँदै, कोरोनाका कारण मातातीर्थ मेला स्थगित

वैशाख २८, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मंगलवार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।  छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन्  । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।  सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।  यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो ।  कोरोनाले मातातीर्थ मेला स्थगित वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवंगत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं –६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मंगलवार आमाको मुख हेर्ने औँसी परेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जानकारी दिएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गतवर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो ।  आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जानकारी दिएको छ ।  कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नुपनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । रासस

अर्थतन्त्रको चासो

कोरोना भाइरसको संक्रमणको दोस्रो लहर भयावह बन्दै जाँदा विभिन्न क्षेत्रमा कडाइ गर्न थालिएको छ । उपत्यकासहित केही प्रमुख शहरमा बन्दाबन्दी लगाउने, यातायात बन्द गर्ने, सार्वजनिक सेवा बन्द गर्नेजस्ता कडाइको तयारी भइरहेको छ । विगतमा जस्तो देशै ठप्प नपार्ने सरकारी तयारी देखिन्छ । विगतको बन्दाबन्दीभन्दा यो तरीका केही उपयुक्त हो तर अर्थतन्त्रलाई जीवित राख्न सरकारले अहिले नै साहसिक निर्णय गर्नुपर्ने देखिन्छ । बन्दाबन्दी लागू गर्दा प्रत्यक्ष र तत्कालै प्रभावित हुने भनेको विपन्न वर्ग नै हो । उनीहरूलाई आय आर्जनमा सघाउने मात्र होइन, आवश्यक खाद्य सहयोग पनि पुर्‍याउनु जरुरी छ । बन्दाबन्दी र निषेधाज्ञाले थलिएको अर्थतन्त्रमा बिस्तारै सुधार आउन थालेको अवस्थामा बढ्दो कोरोना संक्रमण र त्यसलाई नियन्त्रण गर्न लगाइएका विभिन्न बन्देजका कारण अर्थतन्त्रका चरहरू फेरि प्रभावित हुन थालिसकेको छ । कर्जा प्रवाह, व्यापार आदि प्रभावित भइसकेको सम्बद्ध व्यवसायीहरूले बताउन थालेका छन् । यस्तोमा सरकारसमक्ष जनस्वास्थ्य जोगाउनुका अतिरिक्त अर्थतन्त्र र विपन्न वर्गका लागि पनि विशेष ध्यान दिनुपर्ने अवस्था टड्कारो देखिएको छ । कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन र गति दिन निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले सरकारलाई विभिन्न सुझाव दिएका छन् । कोरोना प्रभावित व्यवसायलाई दिइँदै आएको बैंकिङ सुविधा २ वर्ष थप्नुपर्ने, लघु घरेलु तथा साना उद्योग, पर्यटन, चलचित्त, हस्तकला, तयारी पोशाक, निजी विद्यालय, सञ्चार गृह, निर्माणाधीन जलविद्युत् आयोजनालगायत व्यवसायलाई सरकारले घोषणा गरेको बैंकिङ सुविधा थप्न नेपाल उद्योग वाणिज्य महासंघले सुझाव दिएको छ । त्यस्तै कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचनाको अवधिसमेत १ वर्ष थप्न र सरकारले दिएको व्यावसायिक निरन्तरता कर्जा सरलीकरण गरी १ वर्ष थप्न पनि उसले सुझाव दिएको छ । यस्तो कर्जामा प्रक्रियागत झन्झट हुँदा धेरै व्यवसायी लाभान्वित हुन सकेका छैनन् । निजीक्षेत्रकै अर्को प्रतिनिधिमूलक संस्था चेम्बर अफ कमर्शले पनि आगामी बजेटमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिन सुझाव दिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको छ । यस्तो असर दीर्घकालीन हुने र तत्काल नदेखिने हुँदा त्यसैअनुसार नीति बनाइनुपर्छ । निजीक्षेत्रले दिएका सुझावहरूलाई सरकारले गम्भीर रूपमा लिएर सम्बोधन गर्नुपर्छ । कोरोनाका कारण प्रभावित अर्थतन्त्र यसको दोस्रो लहरबाट थप प्रभावित हुने निश्चित नै छ । यस्तोमा सरकारले उद्योगहरूलाई कसरी सञ्चालन गराउनेभन्दा भन्नेमा सरकारको ध्यान जानुपर्छ । बन्दाबन्दी र विभिन्न कडाइले उत्पादकत्व र आय आर्जनको सम्भावना घटाउँछ । यसको सम्भावनालाई दृष्टिगत गरी आयआर्जनका लागि सरकारले विशेष नीति लिनुपर्छ । बन्दाबन्दीका कारण आयआर्जन गुमाउनेहरूलाई कतिपय देशले सीधै रकम नै उपलब्ध गराएको पाइन्छ । नेपालले यसो गर्न नसक्ने भएकाले आयआर्जनका लागि अन्य उपाय खोज्नु आवश्यक हुन्छ । यसै पनि राज्यको आयस्रोत कम छ । त्यसमा पनि कोरोनाका कारण राजस्वमा समेत दबाब परेको छ । यस्तोमा प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता रोजगारीका कार्यक्रम विपन्न वर्गलाई आय आर्जन गर्न सघाउने गरी सञ्चालन गरिनुपर्छ । अहिले नेपालले कोरोना रोकथामकै नाममा वैदेशिक ऋण बढाउँदै लगेको छ तर त्यसको प्रभावकारी सञ्चालन भएको देखिँदैन । कोरोनाकै नाममा क्षमताभन्दा बढी ऋण लिन पनि हुँदैन । बन्दाबन्दी लागू गर्दा प्रत्यक्ष र तत्कालै प्रभावित हुने भनेको विपन्न वर्ग नै हो । उनीहरूलाई आय आर्जनमा सघाउने मात्र होइन, आवश्यक खाद्य सहयोग पनि पुर्‍याउनु जरुरी छ । अघिल्लो बन्दाबन्दीले १२ लाख जना गरीबीमा धकेलिएकोमा अब थप जनसंख्या गरीबीतर्फ धकेलिने देखिन्छ । त्यसैले आय आर्जनमा सहयोग गर्नु पनि आवश्यक छ । विपन्नको संख्या बढ्दै जाँदा तथा आयआर्जन प्रभावित हुँदै जाँदा त्यसको असर स्वास्थ्य तथा शिक्षामा समेत पर्ने देखिन्छ । स्वास्थ्य र शिक्षामा लगानी घट्दा त्यसले विकासका लागि आवश्यक दक्ष जनशक्तिमा समेत असर पार्छ । अतः अर्थतन्त्रमा पर्ने तत्काल र दूरगामी असरलाई सम्बोधन गर्न सरकारले भिन्न र साहसिक काम गर्नु आवश्यक छ ।

एक वर्षको अन्तरालपछि ‘यो जिन्दगानी’ लिएर आउँदै नेपथ्य (भिडिओ)

काठमाडौं । कोरोनाका कारण सुस्ताएको सांगीतिक माहोललाई फेरि उर्वर बनाउँदै लोकप्रिय ब्याण्ड नेपथ्य फेरि दर्शकमाझ प्रस्तुत भएको छ । साँगीतिक माहोललाई निरन्तरता दिने अठोटका साथ नेपथ्यले यसको सुरुवात आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गर्दैछ । सबैले सँधै सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो – ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ ।’ ‘यसका शब्द पनि पहिलेभन्दा बेग्लै ढंगले सुस्तरी बग्न थालेको थियो,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘त्यसैगरि भित्रैसम्म प्रभाव छाड्दै अघि बढेको महशुस भयो।’ गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो। अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर सघाइरहँदा बेग्लै माहोल तयार भइरहेको देख्न सकिन्छ। ‘कन्सर्टहरुमा प्रायः दर्शकले उत्पन्न गर्ने आवाजलाई पनि कसरी समेट्ने भन्ने प्रयास संगीतकर्मीहरुले गर्ने गर्छन्,’ गुरुङ भन्छन्, ‘गीतलाई नेपथ्यले तयार पार्दा अन्त्यतिर तालीको यस्तो सामन्जस्य मिलाइएको छ, जसलाई कन्सर्टको बेला दर्शक प्रतिक्रियाले जहिल्यै जीवित पारिदिन्छ।’ यो गीत नयाँ पुस्ताका श्रोताहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम हो। यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो।

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो

हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा आज भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालेर खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा परिक्रमा गरिदैँ आएको थियो, तर यस वर्ष कोरोनाका कारण खड्ग जात्रा तलेजुबाट गोल्डेन गेट भित्र औपचारिक रुपमा मात्रै मनाइएको छ, बाहिर परिक्रमा गर्ने परम्परा यो वर्ष रोकिएको छ ।”त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरेका छन् । तलेजु भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा मानिदँै आएको बताउदै मूलनाइके जोशीले परम्परा अनुसार आज नवदुर्गा देवगणले तलेजु भवानीको ढोग गरेको जानकारी दिनुभयो ।त्यस्तै तलेजुका ५२८ जना जोशी, राजोपाध्याय र बज्राचार्य थरका रकमी, पुजारीले पूजा गरी आज शुुभसाइतमा टीका ग्रहण गरेका छन् । त्यस्तै जीवित देवी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका लगाउन लगाइएको छ । सर्वसाधारणलाई गोल्डेन गेटबाट भित्र जान रोक लगाएपछि तलेजुको दर्शन एवं टीका ग्रहण गर्न रोक लगाएको उहाँले जानकारी दिनुभयो ।