वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाउने युवालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । बुधबार बिहान सोही वडाका बास्तम लामिछाने भन्ने व्यक्तिले वडा अध्यक्ष गंगाराम सुनारलाई ज्यान मार्ने धम्की दिँदै वडा कार्यालयमा आगजनी गरेका थिए । आगजनी गर्नुअघि वडाअध्यक्ष सुनारलाई ती युवकले वडा कार्यालयकै फोन नम्बरबाट फोन गरी धम्की दिएका थिए । त्यसको केही समयमा नै उनले वडा कार्यालयमा आगजनी गरिदिएका थिए । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष ब