शिक्षकलाई कारबाहीको माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी प्रहरी वृत अगाडि धर्नामा, शिक्षकको पुतला दहन

काठमाडौं : चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले बिहानैदेखि आन्दोलन जारी राखेका छन्। अहिले महानगरीय प्रहरी वृत गौशालाअगाडि विद्यार्थीहरुले धर्ना दिएका छन्। आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको छ। आक्रोशित विद्यार्थीरुले कलेज र गौशालास्थित प्रहरी कार्यालय अगाडि पनि…

सम्बन्धित सामग्री

विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिन सचेत छौँ : सेन्ट लरेन्स कलेज

सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्धता जनाएको छ । कलेजका शिक्षकमाथि विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कलेजले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको बताएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ मा अध्ययनरत छात्राहरू उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा २०७९।०२।०६ गते शुक्रवारक

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ । आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला […]

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै