भर्चुअल माध्यमबाट ल्याइयो बजेट

सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट नगरसभा गरेको छ । खाँदबारी नगरपालिकाले बिहीबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । खाँदबारी नगरपालिकाले नवौँ नगसभा भर्चुअल माध्यमबाट नगरप्रमुख मुरारीप्रसाद खतिवडाले आर्थिक वर्ष २०७८÷०७९ लागि रु ६५ करोडको १५ लाख ७२ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्  ।