काठमाण्डाै – पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात सय ७८ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १७ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४४ जनामा झरेको छ ।
२४ घण्टामा काेराेना भाइरसविरुद्धाे खाेप लगाएकाकाे विवरण भने प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।