भूकम्प गएको ३८ दिन भइसक्यो, अझै विद्यार्थीले पाएनन् पुस्तक

काठमाडौँ : जाजरकोट र रुकुम (पश्चिम) मा भूकम्प गएको ३८ दिन बितिसक्दा पनि अझै विद्यार्थीहरू पाठ्यपुस्तकबाट वञ्चित भएका छन्। सरकार र स्थानीय तहको ढिलासुस्तीका कारण विद्यार्थीहरू अहिले पुस्तकबिनै पढ्न बाध्य भएका हुन्।स्थानी तहहरूका अनुसार अधिकांश विद्यालयमा पुस्तक पुगेको छैन भने कुनैमा कक्षा ७ सम्मका विद्यार्थीले मात्रै पुस्तक पाएका छन्। गत कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयमा क्षति पुगेको