गोरखा – गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उनले बताए । गए […]