बर्दिबासको मेयरमा कांग्रेसबाट दुई जनाले टिकट पाएपछि…..

१२ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी दाहाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न गएका थिए । तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले दाहाल आधिकारिक उम्मेद्‍वार भएको पत्र पठाएका थिए । त्यसपछि […]

सम्बन्धित सामग्री

दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजको उम्मेदवारी कायम

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ । यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि ‘को आधिकारिक उम्मेदवार हुन्’भन्ने विवाद चर्किएको थियो । पोखरेलले बुधबार साँझ कांग्रेस […]

बागी फकाउन देउवाले चितवन पठाए गृहमन्त्री खाण

भरतपुरको मेयरमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका र असन्तुष्ट पक्षलाई मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दूतका रूपमा चितवन पठाएका छन् । बुधबार दिउँसो भरतपुर आएका उनले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा...

लितपुरको मेयरमा कांग्रेसबाट चिरीबाबु

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनी सत्तारुढ गठबन्धनमा रहेका दलहरूका साझा उम्मेदवार हुन् ।महर्जनले सोमबार दिउँसो जावलाखेलस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी २०७४ सालमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । ललितपुरको उपमेयरमा भने गठबन्धनबाट माओवादीका बाबुराजा बज्राचार्य उम्मेदवार बनेका छन् । […]

लम्कीचुहाको मेयरमा कांग्रेसबाट दुईजनालाई टिकट, आधिकारिक को?

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको खुलेको छ।पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले बक्त थापालाई टिकट दिएको खुलेको हो।उनीहरू दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको दाबी गरिरहेका छन्। गठबन्धनको भागबण्डाअनुसार लम्कीचुहा नगरपालिका कांग्रेसको भागमा परेको थियो। मनोनयन दर्ताकै दिन दुवैजनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि विवाद पैदा भएको छ। यता, नगर कार्यसमितिले भने

काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहकाे उम्मेदवारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएकाे छ । हालकी ऊर्जामन्त्री तथा माओवादी नेतृ पम्फा भुषाललाई हराएर शंकरदेव क्याम्पसको कोषाध्यक्ष बनेकी सिर्जनाले ०३७ सालमै नेपाल महिला संघ गोरखाको सभापति भएर काम गरिसकेकी थिइन् । त्यसअघि महाबौद्ध क्याम्पसको नेविसंघ एकाई सभापति चलाइसकेकी उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । स्रोतका […]

वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप गरेको हो ।

पोखराकाे मेयरमा कांग्रेसबाट १८ जनाकाे नाम मनाेनयन

कास्की – पाेखरा महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसबाट १८ जनाले मनाेनयन दर्ता गरेका छन् । कांग्रेस पोखरा महानगर समितिले नाम दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा आठ जनाले मनाेनयन दर्ता गरेका हुन् ।    मेयरका लागि कांग्रेसबाट गंगाधर पराजुली, सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोख्ररेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखेकाे नाम दाबी पेस भएकाे छ । यस्तै किशोरदत्त बराल, वि...

मेयरमा कांग्रेसबाट सात र एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर महानगरपालिका प्रमुखका लागि आकांक्षीको लर्को नै लागेको छ । कांग्रेसबाट वर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, प्रदेश...

विराटनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी

इटहरी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरूको चुनावी सरगर्मी बढेको छ । यसैबीच नेपाली कांग्रेस इटहरीमा आइतबार कांग्रेसका नेताहरूले इटहरीमा एक व्यक्तिले प्रमुख पदमा टिकट पाएपनि कांग्रेस एक हुने प्रतिवद्वता व्यक्त गरेका छन् ।इटहरीको मेयरका लागि नगरसभापति हेमकर्ण पौडेलसहित दस जनाले आकांक्षा राखेका छन् । जसमध्ये रोहित प्रसाईँ, भीमबहादुर पौडेल, विकास […] The post इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी appeared first on राजधानी राष्ट्रिय दैनिक.