नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले गठबन्धनको अभियानलाई सफल पार्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस रौतहट जिल्ला कमिटीद्वारा गौरमा आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियान सम्बोधन गर्दै सभापति यादवले गठबन्धन भए आफूहरुले जिम्मेवारीबाट वञ्चित हुनुपर्ने चिन्ता स्वभाविक रहेको भन्दै देशमा लोकतन्त्र बलियो पार्न गठबन्धन आवश्यक रहेको बताए ।‘आर्थिक समृद्धि र देश विकासको गतिलाई अगाडि बढाउनको लागि नेपाली कांग्रेस २००७ सालदेखि निरन्तर लागिरहेको छ,’ उनले भन