कलेजो दिएर बुहारीले सासूलाई नयाँ जीवन दिइन्

काठमाडौं : बुहारीले सासुलाई कलेजो दिएर नयाँ जीवन दिएकी छन्।  असोज २६ गते  ६२ वर्षीया सासूलाई  उनकी ३७ वर्षीया बुहारीले कलेजो दान दिएकी थिइन्। रामेछापकी एक बुहारीले आमा समान सासूलाई कलेजो दिएर जीवनदान दिएकी हुन्। ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दान दिएपछि ६२ वर्षीया सासू लाक्पा शेर्पाले नयाँ जीवन पाएकी हुन्। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको १२ औं दिनमै निको भएर लाक्पा शेर्पा डिस्चार्ज भइन्। रामेछाप घर भइ काठमाडौंको बौद्ध