काठमाण्डाै – नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आउँदाे सङ्घ र प्रदेशकाे चुनावमा आफ्नाे पार्टीले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । आज मङ्गलवार संसदबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
सांसद ज्ञवालीले गठबन्धनबाहिरका एजेन्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताउनुभयो । उहाँले गठबन्धनविना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने जिकिर गर्नुभयाे । कमजोरले अरूको साथ खोज्ने तर बलि...