सैनिक शिविरमा भएको हमलामा दश सैनिक र १८ जना आतङ्ककारी मारिए

एजेन्सी । बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् । बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।